युनाइटेडको रक्तदानमा ५२ युनिट रगत संकलन

पाेखरा | बैशाख ४, २०८०

युनाइटेडको रक्तदानमा ५२ युनिट रगत संकलन

पोखरा:   युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । 


क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो । पहिलो रक्तदाता कृष्ण प्रसाद गौतमलाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन । 


सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक कामको अन्य संघ संस्थाहरुले सिको गरेको खण्डमा समृद्ध समाज निर्माण हुने बताए । 


वार्षिकोत्सवको अवसर पारी सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम गरी रगत अभावमा परेकाहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरिरहेको आफुले नजिकबाट नियाल्दै आएको बताउदै वडाअध्यक्ष गुरुङङे युनाइटेड क्लबको हरेक गतिविधीमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरे । 


त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक माधव के सीले पछिल्लो समय दुर्घटनाका घटनाहरु बढिरहँदा अस्पतालमा रगतको अभाव हुने गरेको आफुहरुले नजिकबाट नियाल्दै आइरहेको सन्दर्भमा सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरी त्यस्ता रगतको अभावमा परेकाहरुलाई सहयोग पुग्ने बताए । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य गरेका थिएभने संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन सचिव पूर्णकला पोख्रेलले गरेकी थिइनभने कार्यक्रम संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य राखेका थिए । 
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्